मेरिल्याण्ड कलेज विराटनगरमा रोजगारी मेला आयोजना हुदै 

विराटनगर, माघ २४ ।  विद्यार्थीहरुले आफ्नो पढाइ पश्चात आफ्नो क्षमता अनुसारको रोजगारी नपाएको नेपाली परिवेशमा विराटनगरमा पहिलोपटक देशभरबाटै विभिन्न बिजनेस हाउसको प्रतक्ष्य उपस्तिथीमा रोजगारी मेला आयोजना हुने भएको छ ।

बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको विराटनगरको मेरिल्याण्ड कलेजमा माघ २६ गते रोजगारी मेला आयोजना हुन लागेको हो  ।

कलेजबाट पहिलो ब्याचको रुपमा ग्राजुएट भएका बिद्यार्थीका निम्ति कलेजले उक्त रोजगारी मेलाको आयोजना गरेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।

कलेज परिसरमा आयोजना हुने उक्त कार्यक्रममा २० बढी कम्पनीहरुको उपस्तिथी हुने कलेजले जनाएको छ  । चौधरी समुह , देवनारा समुह, पिएलो समुह , इनोभेट नेपाल ग्रुप ,कान्तिपुर मिडिया समुह , एनआईसी एसिया बैंक , प्रभु म्यानेजमेन्ट, नयाँ पत्रिका, एनएमबी बैंक, ग्लोबलआइएमइ बैंक, रिगो टेक्नोलोजी, ओबि मिडिया प्राली, बिराट एच आर लगायतको उपस्तिथी रहने छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कम्पनीसँग भेट गराइ रोजगारीको अवसरको लागी सहज गर्न कार्यक्रम गर्न लागिएको दाहालले जानकारी दिए  ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित सो कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको मेरिल्याण्ड कलेजले जनाएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं, मेरिल्याण्ड कलेज बिराटनगर, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन्  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =