मोडेल प्रमिलालाई थारु म्युजिक भिडियोमा भ्याई नभ्याई

भगतराम थारु | नेपालगन्ज

बर्दिया माछागढका थारु मोडेल प्रमिला चौधरी थारु भाषाको म्युजिक भिडियोमा आज भोलि भ्याई नभ्याई हुनुभएको छ । थारु म्युजिक भिडियोको सुटिङ मै व्यस्त रहेकी प्रमिला दुई दर्जन थारु भाषाको गितमा मोडेलको रुपमा अभिनय गरिसक्नुभएको छ ।

मै नाचु जि फार के, देखे पहिलो चोटी, तु आइलो मोर जिन्दगीमा, अइ हो न प्यारी, हाइ मोर दार्लिङग, सोन देख्नु चाँदी देख्नु देख्नु हिरामोती, मोरे पायल बरा खन खनहा मोरे चुरिया बरा छनछनहा, इन्टरनेटके जवानामा फेसबुक चलाईवी, चोलो जाइ साली कर्णालीके पुल हेरे, जुर कोकाकोला लगातयका विभिन्न चर्चित चर्चित गितहरुमा मोडलिङगको रुपमा अभियन गरिसकेका प्रमिला थारु भाषाकै म्युजिक भिडियोमा आफ्नो क्यारियर रहेको बताउनु हुन्छ ।

थारु भाषाकै म्युजिक भिडियोमा अभिनय गर्दै आउनु भएका प्रमिला भर्खरै दाङमा गायक विश्व सागर परियारको गितमा अभियन गर्नुभएको छ । आज भोलि थारु भाषाको गितको सुटिङ धमाधम हुने क्रममा प्रमिलालाई भ्युजिक भिडियो खेल्नमै ठिक्क रहेको छ । एसियाकै सवैभन्दा ठुलो त्रिशुल रहेको दाङमा गोलगप्पा जैसिन तोहार उ गुलावी बोलको गित सकेर आउनु भएको छ । याल्ड मुन मिडिया प्रालिको व्यानरमा निस्कन लागेको थारु भाषाको गित भर्खरै छायाङकन सम्पन्न भएको छ ।

गायक विश्व सागर परियारको स्वरमा रहेको गोल गप्पा जैसिन तोहार, उ गुलावी गाल बोलको गितको छायाङकन दाङमा सम्पन्न भएको हो । सो गितमा कलाकार प्रमिला र गोविन्द चौधरीले अभिनय गरेका छन् भने छायाङकन सरोज डगौराले गर्नुभएको छ । गायक परियारले पछिल्लो समयमा थारु भाषाका गितहरुलाई गायन तथा म्युजिक भिडियो सुटिङमै व्यस्त रहेको बताउनु हुन्छ । थारु फिल्ममा समेत मुख्य कलाकारको भुमिकामा अभिनय गरि सकेका परियार थारु भाषाको गित रेकडिङग तथा सुटिङगमै भ्याइ नभ्याई भएको बताउनु हुन्छ । याल्ड मुन मिडिया प्रालिको व्यानरबाट परियारले थारु भाषाको गितहरु धमाधम रेकडिङ गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *