जनतालाई आश्वासन होईन काम गरेर देखाउछु : भगवती चौधरी
सुनसरी, कात्तिक २५ । सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी अभियानको क्रममा बाम गठवन्धनले गरेको कार्यक्रममा वर्जु गाँउपालिकाको अमडुवा (हर्वोनी) मा विभिन्न पार्टी परित्याग गरी ५०० जना नेता कार्यकर्ताहरुले नेकपा एमालेमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई फूलमाला तथा अविर लगाई नेकपा एमालेका केन्द्रिय सचिव भीम आचार्य र आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि वाम गठवन्धनका तर्फवाट उम्मेदावरी दिएकी भगवती चौधरीले स्वागत गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नु हुदै चौधरीले जनताको एकएक मतको सदुयोग गर्ने र जनतालाई आश्वासन हाेईन काम गरेर देखाई दिने वाचा समेत गर्नु भयो ।
सामाजिक सुरक्षा भत्ता २ हजार वाट ५ हजार वढाउने, गरिवीको रेखामूनी रहेकाहरुलाई विशेष कार्यक्रम मार्फत आपत्कालिन र दिर्घकालिन कार्यक्रम सञ्चालन गर्ने, महिला, दलित, जनजाती, मधेशीको अधिकार रक्षाका लागि आफू सजग रहेको र कटिवद्ध रुपमा काम गरि रहेको हुदा अझ निरन्तर र सशक्त भई काम गर्ने, क्षेत्र नं. ३ मा रहेको सार्वजनिक सम्पतिहरुको संरक्षण गरी सुधार निर्माण गर्ने गरी देशको आयआर्जनका लागि विशेष प्याकेज वनाउने, पर्यटकिय क्षेत्रहरुको विकास विस्तार गरी आन्तरिक र वाह्य पर्यटक भित्राउने त्यसका लागि चिमडीको वर्जु ताल, औरावनीको गढदेव बुद्ध लगायतको स्थानहरुको पहिचान गरि सकिएको दावी गरे ।
चौधरीले अगाडी थप्दै कृषि क्षेत्रलाई व्यवसायिककरण गरी किसानहरुलाई प्रोत्साहित गर्ने, महगो शिक्षालाई सर्वशुलभ वनाउनका लागि शिक्षा निति तयार गर्ने र प्राविधिक शिक्षालाई सबैकाे पहुँच वनाउने र हरेक गाँउमा डाक्टर ईन्जिनियर उत्पादन गर्ने दोहोर्याउनु भयो ।
सोही प्रसंगमा वोल्नु हुदै चौधरीले महिला नेतृत्व विकासका लागि आफु निरन्तर गारि रहेको र आउदा दिनमा यसलाई राज्यका नितिगत व्यवस्था गर्ने, गाँउ गाँउका कच्ची बाटो लाई ग्राभेल बनाउने र ग्राभेल भएको बाटोलाई कालोपत्रे गर्ने तथा क्षेत्र नं. ३ मा रीङ रोड निर्माण गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमा नेकपा एमालेका केन्द्रिय सचिव भीम आचार्यले बाेल्नु हुदै भगवती चौधरी देश र जनताको गहना हो, देश र जनताको सेवाका लागि र देश विकासका लागि अहोरात्र काम गरि रहनुभएको बताउनुभयाे क्षेत्र नं. ३ सुनसरीका जनताले अत्याधिक मनपराएकाले निजको जीत सुनिश्ति भई सकेको छ ।