आफू सत्ता र सरकारमा नभए पनि विकास र समृद्धिका लागि सधैँ अग्रसर

मङ्सिर ६, दुहवी । सुनसरी क्षेत्र नम्बर तीनकी वामगठवन्धनकी साझा उम्मेदवार भगवती चौधरीले आफू सत्ता र सरकारमा नभए पनि सुनसरी क्षेत्रलार्इ आफू आबद्ध सङ्घ संस्था मार्फत विकासका कामहरू गरेकाे बताएकी छन् । जनताको आर्थिक समृद्धिका लागि वित्तीय कार्यक्रम मार्फत आय आर्जन सिर्जना गरिएको र व्यापार व्यवसाय मार्फत रोजगारीको सिर्जना गरेकाे उनले बताएकी हुन् ।

सरकारी गैर सरकारी संस्थाहरुसँग समन्वय गरी विभिन्न स्थानमा भौतिक निर्माणका काम गरिएको र शिक्षा स्वास्थ्यको तथा जातजातीकाे उत्थानका लागी आफूले सक्दाे कामहरू गरेकाे उनले बताइन । उनले जनताका लागि विकास गरेको देख्न नचाहने तत्त्व विकास विरोधी भएको समेत बताइन । यस क्षेत्र ग्रामीण बसाेबासको क्षेत्र भएकाले यहाँका जनता दशकौ देखि परिवर्तनको पखाईमा बसेकाे भए पनि यहाँका जनताले सदैव निराशा र अविश्वासको सामना भोग्नु परिरहेकाेमा उनले दुख व्यक्त गरिन ।

बाम गठबन्धनले सुनसरी तनमुना र मधेलीमा सञ्चालन गरेको घरदैलो तथा कोण सभा कार्यक्रमलाई सम्बाेधन गर्दै उनले जनताको आर्थिक समृद्धि र जिवनस्तर परिवर्तन ल्याउन काम गरेर देखाउने प्रतिबद्धता जनाइन । कार्यक्रममा नेपाली काँग्रेस, लोकतान्त्रिक फोरम लगायतका पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ५० जना नेता कार्यकर्तालाई चाैधरीले अबिर लगाएर पार्टीमा स्वागत गरेकी थिइन । पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने व्यक्तिहरूले सुनसरी क्षेत्र नम्बर तीनको सम्वृद्धि र विकास भगवति चौधरीको नेतृत्वमा मात्र हुन सक्ने विश्वासमा एमाले प्रवेश गरेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *