आचारसंहिता विपरित चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग गरेको भन्दै आयोगमा उजुरी

कात्तिक २१, गोरखा । नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । कांग्रेसबाट उमेदवार बनेका गोरखा निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश ख का उमेदवार राजेन्द्र बजगाईं निर्वाचन आयोगको स्वीकृति बिना नै चुनाव प्रचारमा हेलिकेप्टरको प्रयोग गरेका छन् । बजगाईंले निर्वाचन आचार संहिताको उल्लंघन गरी हेलिकोप्टरको प्रयोग गरेको भन्दै एमाले र माओवादीका उम्मेदवारहरुले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

चुनावी प्रचार प्रसारका लागी हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने प्रावधान छ । तर बजगाईंले आयोगको अनुमति नलिइ चुनावी प्रचारका लागि हेलिकोप्टर चढेर उत्तरी गोरखाको सामागाउँ पुगेका थिए।

बजगाईंले सोमवार चुनावी प्रचार प्रसारका लागी दुइ वटा हेलिकोप्टर प्रयोग गरेका थिए । उनीसहित प्रदेश सभाका समानुपातिक उमेदवार एवं नेपाली कांग्रेस गोरखाका सभापति हरि बहादुर घले दुइ वटा हेलिकप्टर लिएर उत्तरी गोरखा सामागाउँ पुगे ।उनीहरुले त्यहा स्थानीयसँग भेटघाट गरी चुनाव प्रचार प्रसार गरेर अन्य केही ठाउँमा पनि पुगेको स्थानीयहरुको भनाइ छ । काठमाडौको सांग्रिला क्यासिनोका संचालक समेत रहेका बजगाईं राजनितिज्ञ भन्दा बढी व्यापारी हुन् ।

आचारसंहिता उल्लघंन विपरित चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै बजगाइ र घले बिरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार उजुरी परेको छ ।

माओवादी केन्द्र र एमालेले छुट्टारछुट्टै उजुरी दिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए । उजुरी परेसँगै अनुमति लिएर हेलिकप्टर प्रयोग भए नभएको बारे उमेदवार सँग लिखित जवाफ मागेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =