जर्बजस्ती चुनाव जितेका गच्छदारलाई सासूले दिइन् आशिर्वाद,‘ज्वाइँ ! प्रधानमन्त्री बनेस्’

बिराटनगर, मंसिर २७ । सुनसरी–३ मा विजयी हासिल गरेर ‘ह्याट्रिक’ गरेका काँग्रेसका गच्छदार मत गणनअवधिभर बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको आवास गृहमा बसेका थिए । उपप्रधानमन्त्रीका रुपमा सरकारी आवासमा बसेका गच्छदारले चुनाव जितेपछि पत्रकारसँग बोल्न मानेनन् । उनले केहीबेरमा इनरुवा पुगेपछि मिडियालाई प्रतिक्रिया दिने बताए ।

 

एमाले नेतृ भगवती चौधरीलाई हराउँदै प्रतिनिधिभाको चुनाव जितेका गच्छदारलाई सासूआमा पम्फादेवी श्रेष्ठले टाउको हात राखेर आर्शिवाद दिँदै भनिन्– ‘अब देशको प्रधानमन्त्री हुनू ।’

गच्छदारलाई सासू आमाले माला र टीका लगाएर आशिर्वाद दिइन् । त्यसैगरी सुनसरीको रामगञ्ज बेलगाछिया निवासी कांग्रेस निकत किसान संघका नेता ८४ वर्षीय प्रेमबहादुर गौतमले नवनिर्वाचित गच्छदारलाई आर्शिवाद दिए । मत गणनाको सुरु र मध्य अवधिमा एमालेकी प्रतिस्पर्धी भगवती चौधरीभन्दा तल नै देखिएका गच्छदारले चुनाव जितेपछि अहिले सर्वत्र चासोको विषय बनेको छ । यतिमात्र होइन ०७० सालको दोस्रो संविधान सभा निर्वाचनकै मूर्त रुप भएको पनि अथ्र्याइएको छ । तर, उनले चौधरीलाई ३२१ को मतान्तरले हराउँदै जित पक्का गरिसकेका छन् ।

आज बुधबार पारिवारजनबाट आशिर्वाद लिएपछि गच्छदारले बिराटनगरमै खाना खाए । र, उनी अहिले निर्वाचन कार्यालयले वितरण गर्ने प्रमाणपत्र लिन एवं मतदातालाई धन्यवाद दिन सुनसरीको सदरमुकाम इनरुवातिर लागेका छन् ।

सुनसरी जान लागेका गच्छदारलाई प्रमुख जिल्ला अधिकारीले गाडी पठाइदिएका थिए । तर, उनले सिडियोको गाडी फर्काइदिएका छन् । उनी प्राइभेट गाडीबाट इनरुवातर्फ लागेका छन् ।

प्रतिनिभिसभाको सबैभन्दा पछिल्ला विजयीका रुपमा गच्छदार निर्वाचित भएका छन् । उनले ३८९७२ मत ल्याएर जितेका छन् । उनीसँग निकटत प्रतिद्वन्द्वी रहेकी भगवती चौधरीले ३८६५१ मत प्राप्त गरेकी थिइन् ।

सुनसरीमा गच्छदारको जितसँगै कांग्रेसले तीन सिट जितेको छ । एमालेले एकसिटमा चित्त बुझाउनुपरेको छ । सुनसरी १ बाट एमालेका जयकुमार राई विजयी भएका छन् भने क्षेत्र नम्बर २ बाट कांग्रेसका सीताराम मेहता, ३ बाट विजय गच्छदार र ४ बाट ज्ञानेन्द्रबहादुृर कार्कीले जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =