प्रदेश नंं. ७ मा १७२ जना नयाँ कुष्ठरोगी
२०७४ जेठ १५ गते

काठमाडौं, माघ १३ । प्रदेश नम्बर ७ मा १ सय ७२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आर्थिक वर्ष ०७३/०७४ को कार्तिक मसान्तसम्ममा १ सय ७२ जना नयाँ रोगी फेला परेका हुन् ।
जसमध्ये सबैभन्दा बढी कैलालीमा १ सय ६ जना रहेका छन् भने कञ्चनपुरमा ४७, अछाममा २२, डोटीमा ५, बाजुरामा ३, डडेल्धुरामा ४, बैतडीमा ४ बझाङमा ४ जना रहेको नेदरल्याण्ड लेप्रोसी रिलिफ नेपालका निर्देशक डा. केपी ढकालले जानकारी दिए ।
उनका अनुसार देशभर आर्थिक वर्ष २०७३/०७४ सालमा ३ हजार २ सय १५ जनामध्ये २ हजार ६ सय २६ जना उपचारत छन् ।
मुलुकको १६ जिल्ला अतिप्रभावित रहेको बताउदै उनले प्रदेश नं। ७ को कैलाली, कञ्चनपुर र अछाम जिल्ला अतिप्रभावितमा पर्ने बताए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








