मधुमेह सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन धरानमा हुने

भरतराज शर्मा(गोपाल), धरान । दक्षिण एसियामा नै सुनसरीको धरान स्थित रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रचार प्रसार र प्रवद्धन गर्ने उद्देश्यले यही कार्तिक १८ र १९ गते मधुमेह सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अभियानका संयोजक डा. रविन मास्केको मूल संयोजकत्वमा रहेको मूल आयोजक समितिले सो कार्यक्रम धरानमा गर्न लागेको शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

“गुणात्मक डाईबिटीक सेवा सामाजिक अवरोध विरुद्ध ” को मूल नारा सहित हुन लागेको कार्यक्रममा भारत, नेपाल लगायतका सार्क राष्ट्रहरुका विज्ञ बिशोषज्ञ डाक्टरहरुको सहभागिता रहनेछ । कार्यक्रममा दक्षिण एसियाका अन्य देशमा रहेर स्थानीय तथा अन्तर्राष्ट्रियस्तरका सामाजिक कार्यमा संलग्न व्यक्तिहरूको सहभागिता समेत रहनेछ । सो दुई दिने कार्यक्रममा मधुमेह रोग सम्बन्धी सम्पूर्ण अनुसन्धात तथा विभिन्न समूहमा प्रतियोगीतात्मक कार्यक्रम समेत हुने र प्रथम द्धितिय हुनेहरुलाई अर्थिक तथा विभिन्न अवार्डहरुबाट सम्मानित समेत गरिने आयोजक साउथ ईष्ट एसिया डाईबेटीकका संयाेजक मास्केले जानकारी दिए ।
कार्यक्रममा धरानका १५० जना डाक्टरहरुले ३ महिना लगाएर गरिएको मधुमेह रोग सम्बन्धी अनुसन्धानको जानकारी समेत प्रदान गरिने र अन्य विदेशबाट आउनुभएका विज्ञ डाक्टरहरुको समेत अनुसन्धानलाई समावेश गरी नेपालमा सुहाउदो प्रक्रियाबाट सो रोगको उपचारका उपाय समेत खोजिने डा विवेक कट्टेलले जानकारी दिए ।
यसअघि यस प्रकारको कार्यक्रम भारतको देहरादुनमा समेत सम्पन्न भइसकेको र यो कार्यक्रम दोस्रो भएको कार्यक्रमका संयाेजक मास्केले जानकारी दिए । सोही पत्रकार सम्मेलनमा विश्वमा करिब ४२ करोड मधुमेह संक्रमित रहेको र जसको मुख्य कारण जीवन शैली र खानपान नै रहेको बताइएको थियाे ।
कार्यक्रम बिहान ८ बजे देखी ५ बजे सम्म चल्ने र कार्यक्रममा विभिन्न् २४ वटा अनुसन्धानका विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ । साथै सोही कार्यक्रममा मधुमेह हाजिरी जवाफ प्रतियोगिता समेत हुने संयाेजक रविन मास्केले जानकारी दिए ।








