बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण

हुम्ला, असार, ३० । सुन्दा पत्याउन कठिन हुन्छ तर यहाँ बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण हुँदैछ । आजको गोरखापत्रको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

सिमकोट गाउँपालिका-६ को लादेबाडादेखि कालीचोकसम्मको ढल तथा चार मिटर चौडा सडक निर्माणको मुखैमा देउताको पूजा गर्ने थान परेपछि कर्मचारीदेखि कामदारहरुले काम गर्नै मानेका थिएनन् । सहमतिपछि अहिले निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ ।

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी र इन्जिनियर सरोज भण्डारीदेखि दक्ष मिस्त्रीहरुले पनि त्यस स्थानमा निर्माण अगाडि बढाउन मानेनन् । देउताको पूजा गर्ने ठाउँमा क्षति पुर्याए त्यस कामसँग सम्बन्धित मान्छेको राम्रो नहुने सुनाएपछि उनीहरु डराएको वडाध्यक्ष जयचन्द्र रोकायाले बताए ।

देउवताको डरले काम रोकिने भो भनेर चिन्तामा रहेका ठेकेदार पनि बोको र भाले चढाउन तयार भएको अध्यक्ष रोकायाले बताए । अब साउनमा देउतालाई बोको र भाले ठेकेदारले चढाउनुपर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *