प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाई सम्पन्न
२०७४ जेठ १५ गते

काठमाडौं, मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छपाईको काम सकिएको छ । निर्वाचन आयोगका अनुसार पहिलो चरणको लागि छापिएका मतपत्र निर्वाचन क्षेत्रमा पुगिसकेको छ भने दोस्रो चरणका लागि आज बिहान छपाई सकिएको हो ।
प्रतिनिधीसभाको प्रत्यक्ष तर्फ १ करोड ७४ लाख, प्रदेशसभाको दुई चरणका लागि १ करोड ७४ लाख मतपत्र छापिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । त्यसैगरी समानुपातिकतर्फको मतपत्र एउटै सिटमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि १ करोड ७४ लाखकै संख्यामा मतपत्र छपाई भइसकेको छ । प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकतर्फ गरी ५ करोड २२ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








