वर्षाले जनजीवन प्रभावित, भक्तपुरमा एकै परिवारका तीन सदस्यको मृत्यु

काठमाडौँ, असार २८ । लगातार वर्षाका कारण माटोको ढिस्को खस्दा एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

बुधबारदेखि जारी वर्षाका कारण राजधानीसहित देशैभरको जनजीवन प्रभावित भएसँगै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ७ मजुवा टोलमा सुतिरहेको अवस्थामा ढिस्को खसेर तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण ७ मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पनमाया लामा र अढाई वर्षकी नातिनी सम्पदा लामा को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही व्यक्ति घाइते भएर अस्पतालमा उपचार गराइहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण भक्तपुर र मध्यपुर थिमी पनि डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण डुबानमा परी कयौँको जनजीवन अस्तव्यस्त बनेको छ ।

चारफिट माथिसम्म पानी जमेपछि भक्तपुरका पसलहरु पनि बन्द भएका छन् । डुबानमा परेकाहरुलाई क्रेन र डुंगाको सहायताद्वारा उद्धार गरीएको प्रहरीले जनाएको छ । हनुमन्ते खोलाको बाढीका कारण डुबानमा परेका बस्तीका नागरिकको उद्दारका लागि सेनाको टोली परिचालित भएको छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =