काँग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार

 पोखरा, मंसिर २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उनी चढेको जिपमा शनिबार तनहुँको नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा १३ च ३७४२ नं को जिपमा बम प्रहार भएको हो । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

बम प्रहारबाट एकजना प्रहरी घाइते भएका छन्। बम प्रहारबाट पौडेल चढेको जिपको सिसा फुटेको छ । वरिष्ठ नेता पौडेल लमजुङ सदरमुकाम बेँसिशहरमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न जानेक्रममा बिष्फोट भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *