कामशास्त्र भन्छ, सम्भोगक्रिया सफल पार्न हाम्रा पाचै इन्द्रिय सक्रिय हुनुपर्छ


एजेन्सी । आखाले हेर्ने, नाकले सुघ्ने, मुखले आवाज दिने, कानले सुन्ने, छालाले अनुभव गर्ने । यी पाँच अङ्गको उपयोग हुनसकेमा कामकर्मका सहयात्रीले सुखद् उत्कर्षप्राप्त गर्न सक्छन् । कलात्मक सम्भोगको आनन्द नै बेग्लै । संसारका हरेक प्राणी वासना पारखी हुन्छन् । पुरुष लिंगी र स्त्रीलिंगी स्वरूप सबै जीव रचनामा पाइन्छ ।
तर, यहाँ जोडिएको प्रसङ्ग बाँदरको हो । यिनीहरू मानव प्रजातिका सबैभन्दा नजिकका पुर्खा हुन् । बाँदरको सेक्स रहस्य अध्ययनमा वर्षौं बिताएका वैज्ञानिकले भर्खरै पत्ता लगाएका छन् । बाँदरको यौनकला पनि संगीतमय र सुन्दर हुन्छ । सम्भोगकालमा पोथीले दिने आवाजका कारण उनीहरूबीचको सम्बन्ध थप गरम बन्छ र अन्ततः दुवै चरमसुखमा पुग्छन् ।
अनुसन्धानकर्मी वैज्ञानिकका अनुसार सेक्सका लागि भालेलाई आग्रह गर्न, सेक्स चलिरहेको बेला र त्यसपछि बाँदर्नी ठुलो स्वरमा मच्चिइमच्चिई कराउँछन् । किनकि पोथीको तालबद्घ गुञ्जनबिना भालेले कर्म गर्न सक्दैन । ’यस्तो आग्रहले अरू भालेलाई शारीरिक सम्पर्कका लागि पोथीप्रति आकर्षित गर्न सघाउँछ’, जर्मनीस्थित गिटिनजेनको जर्मन प्राइमेट सेन्टरका प्रमुख अनुसन्धानदाता डाना फेफर्लेले भनेका छन् ।

ज्र्रिाल्टार प्राकृतिक संरक्षण क्षेत्रमा जंगली बाँदरमाथि दुई वर्ष लगाएर गरिएको अध्ययनपछि अनुसन्धानकर्मीहरू यो निष्कर्षमा पुगेका हुन् । अध्ययनका लागि छानिएका यौनक्रियारत बाँदर जोडीमध्ये ८६ प्रतिशत ‘सुन्दरी’ले चर्को आवाज निकालेका थिए । ‘सुन्दरी’ जब कराउन थाल्थे ढेडुको यौनर्घषण तीव्रगतिमा बढ्थ्यो । पोथीको आवाजका कारण यौनक्रियामा रहेका जोडीले ६० प्रतिशत समय सक्रिय घर्षणमा बिताएका थिए । तर, शारीरिक अस्वस्थतावशः कराउन नसक्ने पोथीसँग भालेले दुई प्रतिशत समय मात्र यौनघर्षण गर्न सकेका थिए ।
अनुसन्धानमा संलग्न वैज्ञानिकले चरमोत्कर्षम्म पुरुषलिंग स्त्रीयौनांगमा कतिपटक पस्ने–निस्कने गर्यो भन्ने गनेका थिए । पोथी जब सानो स्वरमा गुनगुनाउन थाल्छे भालेको कामवेग रफ्तारमा बढ्दै जान्छ । वैज्ञानिकले दिएको अर्को भाषामा भन्दा जब पोथी कराउँछे, उनीहरूको यौनक्रिया ऊर्जाशील बन्छ । ’यौनर्घषणको गणना अनौठो त छ नै, तर यो विज्ञान हो, तपाईँ बिस्तारै अभ्यस्त हुनुहुन्छ,’ वैज्ञानिक फेफरलेले भने । जङ्गलमा बस्ने यस्ता बा“दरको शारीरिक सम्पर्र्क भद्रगोल हुन्छ । यिनीहरू धेरै यौनसाथी बनाउन मन पराउँछन् । जसबाट पुरुष प्रजनन् क्षमतामा ह्रास आउँछ । तर, पोथी सबैभन्दा उर्वर भएको बेला कराउन थाल्छन् ताकि भालेको शुक्रकीट सक्दो उपयोग होस् । प्रकृतिको नियम गजब छ ।








