प्रतिद्धन्द्धीलाई प्रचण्डले भने– ‘ठेकेदारको काम ठेक्का पाएअनुसार गर्ने हो, राम्रो काम गरे ठेक्का–पट्टा दिउँला’

मंसिर ९, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो चुनावी प्रचारमा सक्रिय हुन थालेका छन् । एकमात्र पुत्र प्रकाश दाहालको निधनले पीडामा रहेका प्रचण्डले शुक्रवारदेखि चुनावी कार्यक्रममा सहभागी भएर बोल्न शुरु गरे हुन् ।

उनले शनिबार चितवनको ज्योतिनगरमा आयोजित चुनावी सभामा बोल्दै चितवन–३ का आफ्ना प्रतिस्पर्धीलाई पैंसाको खोलो बगाएर मत किन्न खोजेको आरोप लगाए ।

‘मैले पैसा दिँदैछु भनेर मेरा प्रतिद्वन्द्वी भनिनेले प्रचार गरिरहनु भएको रहेछ,’ शनिवार चितवनको ज्योतिनगरमा आयोजित चुनावी सभामा लोकतान्त्रिक गठवन्धनका उम्मेदवार बिक्रम पाण्डेप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘जो मान्छेको बानी त्यस्तो हुन्छ उसले पहिले अर्कालाई आरोप लगाउँछन् । उहाँले पनि त्यही गर्न खोज्नुभएको हो । उहाँको तर्फबाट पैंसाको खोले बगाएर मत किन्न खोजिँदैछ । मैले बुझेको छु । यहाँहरु पनि सचेत हुनुहोला ।’

 

समग्र चितवन जिल्लाको विकासका लागि आफू र वाम गठवन्धनले अगाडि सारेको योजनाप्रति व्यंग गरिएको भन्दै प्रचण्डले भने, ‘ठेकेदारको काम ठेक्का पाएअनुसार काम गर्ने हो । कहाँ हुँन्छ, हुँदैन भन्ने काम तपाईंको हैन । सरकार र हामीले कहाँ बनाउने भन्ने कुरा निक्र्यौल गर्छौं । राम्रो काम गर्नेभए ठेक्का–पट्टा तपाईंलाई नै दिउँला ।’

चितवन–३ मा वाम गठवन्धनका साझा उम्मेदवार रहेका प्रचण्डसँग नेपाली कांग्रेससहित लोकतान्त्रिक गठवन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का नेता बिक्रम पाण्डे प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =