क्रिकेट च्याम्पियनसिप लिग प्रतियोगिता आज देखि सुरु

भैरहवा– हिमालयन क्रिकेट एमेडेमीको आयोजनामा एक्सपर्ट क्रिकेट च्याम्पियनसिप लिग प्रतियोगिता आज देखि सुरु हुदै छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा हुन लागेको प्रतियोगितामा रुपन्देही, चितवन, कास्की, काठमाडौं, कैलाली र कञ्चनपुर गरी ६ जिल्लाको टिम सहभागिता रहने आयोजक हिमालयन क्रिकेट एकेडेमीका प्रबन्ध निर्देशक तथा प्रतियोगिताका निर्देशक सुभाष प्रधानले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो ।


गत मंसिरमा देशका ६ स्थानमा क्षेत्रिय स्तरको प्रतियोगिता सम्पन्न भएको थियो । क्षेत्रबाट छनोट भएका टोलीहरू बीचको प्रतियोगिता असार १ गते सम्म सञ्चालन हुनेछ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको प्रधानले बताउनु भयो । 

प्रतियोगिताको समूह ‘ए’ मा रुपन्देहीको न्यू होराइजन उच्च मावि, चितवनको बालमिकी शिक्षा सदन र कैलालीको सिद्धार्थ सिसु सदन उच्च मावि छन् । त्यस्तै समूह ‘बी’ मा कास्कीको सत्यवती सेकेण्डरी स्कुल, काठमाडौंको राजन मेमोरीयल उच्च मावि र कञ्चनपुरको अनिरुद्र उच्च मावि छन् ।

टि ट्वान्टी फर्मेटमा हुने समूह चरणको खेलपछि समूहको शीर्ष टोली फाइनल पुग्ने प्रतियोगिताका टेक्नीकल हेड तथा अन्तर्राष्ट्रिय अम्पायर सञ्जय गुरुङले जानकारी दिनु भयो । प्रतियोगिता स्थानिय सिद्धार्थ रंगशालामा हुने व्यवपस्थापनको जिम्मा पाएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलाडी शक्ति गौचन, बसन्त रेग्मी, पूर्व मिस नेपाल सुगारिका केसी, प्रायोजक संस्थाका डाइरेक्टर रोशन कंडेल, क्रिकेट संघका पूर्व केन्द्रिय सयदस्य प्रेमकुमार सेन्चुरी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *