ठोरीमा प्रचण्डको बोली !

काठमाडौं,पुष १० । ‘केरुङ्ग–ठोरी, इन्डिया–चाइना जोड्ने सबैभन्दा छोटो बाटो हो। अहिलेको जमाना भनेको कनेक्टिभिटीको जमाना हो, एयर, रोड रेल सबैलाई व्यवस्थित बनाउन सके विकासले गति लिन्छ। यी दुवै नाकाहरू हाम्रा लागि निकै महत्वपूर्ण छन्, संयोगवस अस्ति केपी ओलीजी केरुङ्ग पुग्नुभएको थियो म आज यहाँ आएँ। हामीले यो नाका थप व्यवस्थित गर्नेबारे छलफल गर्छौँ।’ सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन-भारत जोड्ने सबैभन्दा छोटो बाटो भएको भन्दै ठोरीमा आफूले यसलाई व्यवस्थित गर्न पहल गर्ने बताए ।

चितवनको क्षेत्र नम्बर ३ बाट चुनाव जितेका दाहालले आफ्नो क्षेत्र पर्ने बाँदर झुला गएका बेला पर्साको ठोरी पुगेसँगै उनले यो काम गर्न सम्भव रहेको बताएका हुन्। बाँदरझुला पुगेका उनलाई मतदाताहरूलाई धन्यवाद दिदै गफिएका थिए । उनले त्यहाँ रहँदा पार्टी एकताको कुरा पनि झिके। उनले एमालेसँग पार्टी एकता कुनै पनि हालतमा नरोकिने दोहोरयाउँदै भने,‘पार्टी एकता कुनै पनि हालतमा रोकिन्न। अहिले बाहिर पार्टी एकता नहुने भन्नेजस्ता हल्ला चलिरहेका छन्। यी झूटा हुन्,’ उनले भने, ‘भोलि नै म काठमाडौँ फर्कन्छु र पार्टी एकता संयोजन समितिको बैठक बस्छ। त्यसपछि पार्टी एकताको प्रकृया सुरू हुन्छ।’

आइतबार उनले चितवनमा पनि पार्टी एकता जसरी पनि हुने बताएका थिए। उनले त्यहाँ राष्ट्रिय सभा सम्बन्धी अध्यादेशको विवादबारे पनि बोलेका थिए। उनले कांग्रेसका कुरा पनि सुन्नुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =