धरानमा केकेले ल्यायो पावरफुल एयरकन्डिसन नयाँ कार

कार्तिक २९, सुनसरी । धरान–८ स्थित आधिकारिक बिक्रेता के के ब्रदर्सले ड्याटसनको नयाँ कार भित्र्याएको छ । यो कारमा इञ्जिनसँग फाइभ स्पिड म्यानुअल ट्रान्समिसन छ, जसले ड्राइभिङ अनुभवलाई थप रोमाञ्चक बनाउने सिनियर म्यानेजर प्रशान्त उपाध्यायले जानकारी दिए ।

‘गाडीहरुमा सेन्ट्रल लकिङ, रिमोर्ट किलेस इन्ट्री, ब्ल्याक इन्टेरियर, हर्नप्याड र सिल्भर फिनिसिङ एसी नयाँ विशेषताका रूपमा रहेका छन् ।’ उनले भने । कारमा सुन्दर इन्ट्रेरियर डिजाइन, फराकिला सिट, पावरफुल एयरकन्डिसन रहेको छ भने सिल्भर, ग्रे, रुवी, लाइम र ह्वाइट कलरमा उपलब्ध रहेको उनले बताए ।
ड्याटसन ब्राण्डको रेडी–गो १.० एल मोडेलको कार शुक्रवार एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो । के के ले शुक्रवार पत्रकार सम्मेलन गरेर कार सार्वजनिक गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र शाह र ब्रदर्सका प्रबन्धक हरिबहादुर श्रेष्ठ लगायतले कार सार्वजनिक गरेका थिए ।
‘८ सय सिसीको कारबाट आरामदायी महसुस गरेका उपभोक्ताले १००० सिसीको कारबाट झनै लाभ पाउने के के ब्रदर्शका म्यानेजिङ डाइरेक्टर कुशल श्रेष्ठले बताए ।
ड्याटसन रेडी–गो १.० एल कार दुई किसिमका छन् । रेडी–गो टि (०) र रेडी–गो एस मोडेलका गाडीहरु छन् । रेडी–गो टि (०) को मूल्य १९ लाख ४९ हजार र रेडी–गो एसको २० लाख ४९ हजार रहेको उपाध्यायले जानकारी दिए ।








