‘हामी दुवै अध्यक्ष, प्रधानमन्त्री भैसक्यो’ भन्दै ओलीले देउवालाई थर्काए

काठमाडौं, पुष २ । ‘दुवै अध्यक्ष, प्रधानमन्त्री भैसक्यो’ । बुधबार दरबारमार्गस्तिथ होटल अन्नपूर्णमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घुमाउरो शैलीमा यसैगरी भने । उनले तत्काल पार्टी एकताभन्दा पनि सरकार गठनबारे केन्द्रीत हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह समेत गरेका छन् ।

 

आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा ओलीले पार्टी एकता प्राथमिकतामा नभएको बताउँदै एमाले र माओवादी केन्द्रले पहिला गरिएका (गठबन्धनसँगै पार्टी एकता) बाचा र सम्झौतालाई केही समयका लागि थाती राख्दै तत्काल सरकार गठनमा जोड दिएका हुन्।

कार्यक्रममा बोल्दै उनले वर्तमान देउवा सरकारविरुद्ध कडा आलोचना गरे । प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला अभिव्यक्ति र गतिविधि लोकतन्त्रविरुद्ध भएको बताउँदै उनले प्रधानमन्त्री आफै संविधान मिचेर काम गर्न खोजेको आरोप लगाए । उनले संघीय संसद, प्रतिनीधिसभा सबै परिणााम आपनि प्रधानमन्त्रीका गतिविधि र परामर्श नामका क्रियाक्रलाप जायज नभएको औल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =