विश्वकप फुटबल: रूस र क्राेएसियाले पहिलाे हाफ बराबरी खेले

काठमाडाैं, असार २४ । आयोजक रुस र क्रोएसियाको विश्वकप फुटबलको अन्तिम क्वाटरफाइनल खेलकाे पहिलाे हाफ बराबरीमा सकिएकाे छ ।

दोश्रो पटक सेमिफाइनलमा प्रुग्ने उद्देश्य लिएर मैदानमा उत्रिएका क्राेएसिया र अायाेजक रूसले पहिलाे हाफ १ १ काे बराबरी खेलेका छन् ।

खेलमा सुरूवाती अग्रता रूसले लिएकाे थियाे । रूसका डेनिस चेर्सिभले ३१ अाैं मिनेटमा अाकर्षक गाेल गरे । तर, गाेल खाएकाे ८ मिनेट वित्न नपाउँदै क्राेएसियाका आन्द्रेज क्रामारीजले हेडमार्फत गोल गर्दै खेलमा फर्काएका हुन् ।

रुस सन् १९६६ मा पहिलो पटक सेमिफाइनल पुगेको थियो । त्यतिबेला रुस चौथो भयो ।

११ औं पटक विश्वकप खेल्दै गरेको रुस त्यसयता सेमिफाइनल पनि पुग्न सकेको छैन । क्रोएसियाको पनि अवस्था उस्तै छ । एक पटक सेमिफाइनलमा पुगेको थियो, सन् १९९८ मा । क्रोएसियाको ठूलो सफलता त्यतिबेला तेश्रो स्थान ओगट्न सफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *