करेन्ट लागेर म्यादी प्रहरीको मृत्यु

विष्णु जोशी कैलाली । कैलाली गाउँपालिका–६, सुर्मिनालाका ३१ वर्षीय म्यादी प्रहरी अशोक चौधरीको बिहीबार राति बडैपुरबाट मोटरसाइकलमा उदासीपुरतर्फ जाँदै गरेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीलाई बढैपुर जङ्गलमा करेण्ट लागेको हो ।
सो समयमा मोटरसाइकलमा सवार गौरीगंगा नगरपालिका–१० की १८ वर्षीया कविता चौधरी समेत घाइते भएकी छिन् ।
इलाका प्रहरी कार्यालय हसुलियामा म्यादी प्रहरीका रूपमा कार्य गर्दै आएका मृतक अशोकसहित बिहीबार राति कैलाली गाउँपालिका–९, गदरियाका गुड्डु राना, गौरीगंगा नगरपालिका–१० का ममता चौधरी र कविता चौधरीसँगै मसुरिया बजारबाट फर्कने क्रममा जङ्गलको बाटोमा चोरी सिकारी गर्नेहरुले थापेको करेन्ट लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरी नायव उपरीक्षक बुढाले अनुसन्धानका लागि घटनास्थलमा भेटिएका राना र चौधरीद्वयलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =