चीनमा बाढी पहिरो दुईको मृत्यु २५ बेपत्ता

चीन, १२ भदौ । चीनको गोन्जाउ प्रदेशअन्तर्गत पर्ने ठाउँमा सोमबार गएको पहिरोमा परी कम्तीमा दुईको मृत्यु हुनुको साथै अन्य २५ जना बेपत्ता भएका छन् ।

स्थानीय समयाअनुसार बिहान १०ः४० मा झाङ्गजीआवानका गएको पहिरोमा परी कम्तीमा ३४ वटा घर प्रभावित भएको बेइजिङ प्रचार विभागले जनाएको छ ।

उद्धारकर्ताले पहिरोबाट चार जनालाई जीवितै उद्धार गरेका छन् भने दुई जनाको शव निकालेका छन् । अरू २५ जना अझै पनि हराइरहेकाले खोजी भइरहेको अधिकारीहरूले बताएका छन् ।

नागरिक सहायतासम्बन्धी स्थानीय अधिकारीले त्रिपाल, कपडा र ओच्छ्यानहरु घटनास्थलतर्फ पठाएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =