प्रचण्डलाई पराजित गर्ने विक्रम पाण्डेको दावी

मंसिर १८, चितवन । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गर्ने दावी गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष समेत रहेका उनले निर्वाचनमा आफ्नो प्रतिस्पर्धी उम्मेदवारनै नभएको पनि बताए । सोमबार चितवनको माडीमा घरदैलो कार्यक्रममा रहेका पाण्डेले संचारकर्मीमाझ आफू विगत २० वर्षदेखि जनताको साथमा रहेकाले आम जनताको विश्वास रहेको तर्क पनि गरे । उनले चितवनमा आफूले गरेको विकास निर्माणको कामलाई जीतको मुख्य आधारमा रुपमा पेश समेत गरे ।

वन तथा भूसंरक्षण मन्त्री समेत रहनु भएका पाण्डेले ५ वर्ष भित्र माडीका सबै सडक पिच गरिसक्ने आश्वासन पनि दिए । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष दाहाल र मन्त्री पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =