सरकारी कार्यालय भवनको छाना खस्दा भारतमा आठ जनाको मृत्यु

नयाँ दिल्ली । दक्षिणी भारतको तामिल नाडू राज्यमा अवस्थित यहाँको यातायात कार्यालय भवनको छाना खस्दा शुक्रवार बिहान आठ जनाको मृत्यु भएकाे छ । चेन्नईबाट करिब ३१२ किलोमिटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

मृत्यु हुने सबै जना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ । उक्त भवनको छाना शुक्रवार बिहानी पख करिब साढे तीन बजे अकस्मात खसेको थियो । त्यस समयमा ती व्यक्तिहरू सोही कार्यालयमा सुतेका थिए ।

त्यसमा परी अरू तीन जना घाइते भएका छन् । गम्भीर घाइते उनीहरूलाई भत्किएको सो भवनको भग्नाबशेषबाट उद्वार गरेर अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सो भवन किन भत्कियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । भारतमा यसरी भवन भत्किने घटना दोहोरिइरहेका पाइन्छन् । रासस/सिन्हा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =