आज भएका छुट्टाछुट्टै ४ दुर्घटनामा ४ को मृत्यु, ३ घाईते

काठमाडौं, माघ ३ । आज भएका छुट्टाछुट्टै ४ दुर्घटनामा ४ जनको मृत्यु भएको छ, भने ३ जना घाईते भएका छन् । सल्यानमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बागचौर नगरपालिका –९ कोटमौला डाँगी गाउँका ५४ वर्षीय पूर्णबहादुर डाँगीको मृत्यु भगएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । डाँगी पशु सेवा कार्यालय बागचौरको पशु सेवा केन्द्रमा कार्यरत थिए ।
यसैबिच धादिङको धुनिबेशी नगरपालिका–५ मा आज ट्रकको ठक्कर बाट २ बर्षिया बालिकाको मृत्यु भएको छ । बा २ ख ८९३५ नम्बरको ट्रकले ठक्करबाट बाँके बैजापुर घर भई हाल धुनिबेशी गाउपालिका–५ बस्ने मान बहादु बि. क.की २ वर्षीया छोरी रोसनी बि.कको मृत्यु भएको हो । ट्रक चालक फरार भएपछि स्थनीयले केही समय राजमार्ग अवरुद्ध गरेका थिए ।
उता झापाको कमल गाँउपालिका–५ पाडाजुंगी सडकखण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । को १ ख ५२२३ नं टिपरले मे ९ प २२९१ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–६ बस्ने १८ वर्षीय सौरभ ताजपुरिया गम्भीर घाइते भएपछि स्थानीय लाइफलाइन अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् ।
भलुवाजोरको कुभिण्डेबाट घर बनाउन ढुंगा लिएर बेतिनी जाँदै गरेको को २ त २६१० नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खस्दा मन्थली नगरपालिका ६ भलुवाजोरकी ३६ वर्षीया सानुमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा भलुवाजोरकै ३१ वर्षकी पूर्णिमा मोक्तान, कुलबहादुर थोकर र ट्याक्टर चालक लिखु गाउँपालिका ३ का राजकुमार तामाङ घाइते भएका छन् ।








