लक्ष्मीपूजामा बालेकाे मैनबत्तीबाट अागाे फैलिएपछि
२०७४ जेठ १५ गते

कात्तिक ३, चाैतारा । लक्ष्मीपूजामा बालेको मैनबत्तीबाट फैलिएको आगोबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानुसिरुवारीको मगुवामा एक घर ध्वस्त भएको छ ।

पसल घरमा हिजो बेलुका दीपावली गरी अर्को घरमा खाना खान गएको समयमा आगलागी हुँदा लत्ता कपडा पसलका सामान तथा नगद रु दुई लाख ५० हजारसहित करिब ६ लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको पीडित संगम थापामगरले बताए ।
भूकम्पपछि रु दुई लाख ऋण गरेर बनाएको टहरासहित सम्पूर्ण सामान ध्वस्त हुनुका साथै ग्यास सिलिण्डरसमेत विस्फोट भएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








