सुन तस्करले अपनाए तस्करीको नयाँ तरिका, मलद्वारभित्र डेढ किलो सुन !

काठमाडौ, असार २२ । विमानस्थल प्रहरीले दुबई हुँदै आएको १ किलो ६ सय ग्राम अवैध सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुई जनाले सुन तस्करीको रोचक तरिका अपनाएका छन् । भारतको केरला घर भएका उनीहरूले मलद्वारमा लुकाएर अवैध सुन ल्याएका हुन् ।

केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिलले ८९८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए ।

विमानस्थलका प्रहरी प्रमुख डिआइजी कमल जिटिका अनुसार, उनीहरूको हिँडाइ र अन्य अवस्थामा शंका लागेर पुनः बडी स्क्यान गर्दा सुन भेटिएको हो ।

फ्लाइ दुबईको विमानबाट आएका उनीहरू विमानस्थलबाट बाहिरिसकेका थिए । विमानस्थलमा रहेको स्क्यानिङ मेसिनले उनीहरूले सुन बोकेको देखाएको थिएन ।

चिकित्सकको सहयोगमा सुन निकालिएको हो । उनीहरुबाट बरामद भएको सुनको शुक्रबारको बजार मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ पर्न आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *