एक लाख ३० हजार घुससहित इन्जिनियर खनाल रंगेहात पक्राउ

काठमाडौँ, असार २२ । एक लाख ३० हजार घूससहित खानेपानी खानेपानी तथा सरसफाईका एक इन्जिनियर पक्राउ परेका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो ।

उनलाई अख्तियार अनुसन्धान आयोगले हिमालयन यति कफी सप धुलिखेलबाट पक्राउ गरेको हो ।

पनौती नगरपालिका–११ बल्थलीमा रहेको खानेपानी आयोजना (डीप बोरिङ) को उपभोक्ता समितिबाट एक लाख ३० हजार रुपैयाँ घूस लिंदै गर्दा उनी पक्राउ परेका हुन् ।

इन्जिनियर खनालले आयोजनाको पहिलो किस्ताको काम सकिएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीबाट घूस लिएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *