सर्लाहीमा पाँच दिन देखि विद्युत अवरुद्ध, जनजीवन कष्टकर
२०७४ जेठ १५ गते

सर्लाही, साउन ३२ । सर्लाहीमा पाँच दिन देखि विद्युत अवरुद्ध हुँदा जिल्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षाका कारण सर्लाही जिल्लाभर गत शनिवारदेखि विद्युत अवरुद्ध भएको हो । विद्युत नहुँदा मोवाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न, बत्ती बाल्न जस्ता विद्युतबाट हुने सबै काम ठप्प भएको छ ।
जिल्लाको मूख्य बजार क्षेत्रमा निरन्तरको वर्षाले ढलेका बिजुलीको पोलहरु मर्मत गरि विद्युत सूचारु गर्ने प्रयास पटक–पटक गरेपनि रौतहटको चन्द्रनिगाहपुरमा रहेको विद्युत गृहमा खराबी देखिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले जनाएको छ ।
विद्युत गृहमा देखिएको समस्या मर्मत गरि लालबन्दी, हरिवन, मलंगवा जस्ता मूख्य बजार क्षेत्रमा जतिसक्दो चाँडो विद्युत सूचारु गर्नेगरि आफूहरुले काम गरिरहेको मलंगवा वितरण केन्द्रका प्रमुख विष्णु यादवले बताउनुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








