सगरमाथा आधार शिविर नजिक जापानी मृत फेला
२०७४ जेठ १५ गते

मंसिर ६, काठमाडौं । सगरमाथा आधार शिविर नजिकैको होटलमा एक जापानी मृत फेला परेका छन्। नाम्चेका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार बेस क्याम्प नजिकै स्नो ल्याण्ड होटलमा ७९ वर्षीय आकेमी कोजुरोको शव फेला परेको हो ।
भरिया र गाइड नलिइकन गएका उनी ४ गते राति मृत भेटिएका हुन्। हेर्दा लेक लागेको जस्तो देखिने ती ब्यक्तिको भरिया र गाईड समेत नरहेको न्यौपानेले बताए ।
उनको शव ल्याउन जापानी दुतावासले हेलिकोप्टर पठाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








