फिफा कन्फेडेरेसन कप : जर्मनी र चिली बराबरीमा रोकिए

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत समूह चरणको दोश्रो खेलमा जर्मनी र चिलीले १-१ को बराबरी खेलेका छन् । यसअघि क्यामरुन र अष्ट्रेलियाले पनि १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए । खेलको दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । चिलीका लागि पछिल्लो खेल वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्टार विङ्गर एलेक्सिस स्यान्चेजले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस गोलसँगै स्यान्चेज चिलीका लागि सर्वाधिक गोलकर्ताको सुचीको शीर्ष स्थानमा पुगेका छन् ।

तर, लार्स स्टिन्डलले ४१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले जोनास हेक्टरको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । दुवै टोलीबाट थप गोल हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँड्न बाध्य भए । यस बराबरीसँगै समूहको अंक तालिकामा चिली ४ अंक सहित शिर्षस्थानमा रहेको छ । समान अंक बोकेको जर्मनी गोल अन्तरको आधारमा दोश्रो स्थानमा रहेको छ । क्यामरुन र अष्ट्रेलिया १/१ अंक लिएर पुछारमा छन् ।

Image result for germany vs chile

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =