उद्धारको क्रममा कारले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
२०७४ जेठ १५ गते

झापा / झापा मेचीनगर नगरपालिका–६ कालीखोला स्थित पूर्व–पश्चिम राजमार्गमा को. १ च ८४५६ नम्बरको कारले ठक्कर दिँदा घाइते भएका ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत ईलाका प्रहरी कार्यालय अनारमनि झापा दरबन्दीका प्रहरी जवान अशोक खवासको उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त स्थानमा अनुगमन तथा चेकिङका लागि प्रहरी नायव उपरीक्षक समेतको टोलीमा खटि गएका प्रहरी जवानले सडकको बिचमा मादक पदार्थ सेवन गरी सुतिरहेका अपरिचित व्यक्तिलाई जेठ १८ गते उद्धार गर्ने क्रममा उक्त कारले अचानक ठक्कर दिँदा गम्भीर घाइते भएकोमा बि. एण्ड सि. अस्पताल बिर्तामोडमा उपचारको क्रममा जेठ २२ गते उनको मृत्यु भएको हो ।
ठक्कर दिने कार र चालक झापा, मेचीनगर नगरपालिका–७ बस्ने ३० वर्षीय देवन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








