पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रश्नः डा. केसीको लडाईँ नाजायज हो र ?
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार १९ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारलाई डाक्टर केसीको अनसनबारे प्रश्न उठाएकी छिन् ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले डा.गोविन्द केसीले गरीब जनताको छोराछोरी र तिनको स्वास्थ्यका लागि लडेको ‘के यो नाजायज हो र ?’ भन्दै सरकारलाई प्रश्न गरीन् ।
पूर्वप्रधानन्यायाधीश माइतीघर मण्डला लगायतको स्थानमा प्रदर्शनमा रोक लगाएकोमा विरोध गर्दै सरकार शोषक सामन्तीको पक्षमा उभिएको समेत टिप्पणी गरीन् ।
केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गरेको भन्दै पूर्वन्यायाधीश कार्कीले भनिन् ‘तपाईं त सामन्ती हुनुहुँदो रहेछ ।’
उनले गंगामाया अधिकारीको अनशनलाई वेवास्ता गरेकोमा पनि सरकारपति आक्रोश पोखिन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








