चितवन जिल्ला– वाम किल्ला

किशोर खनाल
मंसिर २५, भरतपुर । वाम गठबन्धनले चितवनलाई किल्ला बनाएको छ । यहाँको ९ ठाममा बाम गठबन्धनले किल्ला बनाएको छ । अर्थान् बाम गठबन्धनले चितवनमा क्लिनस्वीप गरेको छ । चितवनमा प्रचण्डसहित वामपन्थी गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्डले ९ हजार ३४१ मतान्तरले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई पराजित गरेका हुन् ।

चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डले ४८ हजार २७५ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी लोकातान्त्रिक गठबन्धनबाट विक्रम पाण्डेले ३८ हजार ९४२ मत प्राप्त गरे । पाण्डे बहालवाला वन तथा भूसंरक्षण मन्त्रीसमेत हुन् । उनलाई नेपाली कांग्रेसले साथ दिएको थियो । तर पनि उनी पराजित भएका छन् ।

चितवन क्षेत्र नम्बर प्रदेश कबाट वाम गठबन्धनका कृष्ण भुर्तेल विजयी भएका छन् । एमालेका भुर्तेलले २४ हजार ७८५ मत प्राप्त गरे । कांग्रेसका दिनेश कोइरालाले २३ हजार ४५ मत प्राप्त गरे । सबैभन्दा कम मतान्तरबाट कोइराला पराजित भएका हुन् । कांग्रेस उम्मेदवार कोइराला १ हजार ७४० मतले हारेका हुन् । मतगणनाका क्रममा सुरूवातदेखि नै अग्रता हासिल गर्दै आएका कोइराला अन्तिमतिर आएर पछि परेका हुन् ।

क्षेत्र नं ३ ख मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामलाल महतो २५ हजार ६१ मतका साथ विजयी बने । उनले साजन महतोलाई ९ हजार १६१ मतअन्तरले हराएका हुन् । कांग्रेसका साजनले १५ हजार ९४५ मत प्राप्त गरे । नाताले रामलाल मामा हुन भने साजन भाञ्जा हुन् ।

यस्तै क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेलले ४४ हजार ६७० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत प्राप्त गरे । अधिकारी बहालवाला शिक्षा राज्यमन्त्री हुन् ।

चितवन क्षेत्र नं १ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डेले ५० हजार ८९७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३६ हजार ४५४ मत प्राप्त गरे । यस्तै प्रदेश सभाका ६ वटै स्थानमा वामपन्थीले जितेको छ । क्षेत्र नं १ क मा वाम गठबन्धनकै दावा दोर्जे लामाले २३ हजार २३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका धनबहादुर गुरूङले १५ हजार ९१४ मत प्राप्त गरे ।

क्षेत्र नं १ ख मा वाम गठबन्धनका कृष्ण खनाल विजयी भए । उनले २७ हजार २३२ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका उत्तम आचार्य १८ हजार ५११ मा सीमित भएका थिए । यस्तै, क्षेत्र नं २ क मा माओवादी केन्द्रका घनश्याम दाहाल ‘अविनाश’ले २० हजार ३८१ मत हासिल गरेर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापतिसमेत रहेका जीतनारायण श्रेष्ठले १५ हजार ६६३ मत ल्याए ।

क्षेत्र नं २ ख मा एमालेका विजय सुवेदीले जित हासिल गरे । उनले २१ हजार ५७२ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रकाश अधिकारीले १२ हजार ६७० मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =