एनअाइसी एशिया बैंकले २० शाखाहरुमा बैंकिङ्ग समय परिवर्तन गर्ने

काठमाडाैँ, असार १८ । एनआई सी एशिया बैंकले आफ्ना ग्राहकहरुको सर्वोत्तम हितलार्ई मध्यनजर गर्दैे बैकिङ्ग कृयाकलापहरु थप ग्राहकमुखी बनाउने क्रमलाई अझैं प्रभावकारी बनाउने उद्देश्यका साथ यही आषाढ १९ गते बाट देशका प्रमुख शहरहरुमा अवस्थित २० शाखाहरुबाट बैंकिङ्ग सेवाको समयावधिमा वृद्धि गरेकोमा सोही बमोजिम शाखाहरुमा आईतवार देखि विहिवार सम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सक्ने जनाएकाे छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. १७५अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफलभइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकिङ्ग कारोबारको बिस्तार गरीएको शाखाहरुको सुचि
क्र.स. शाखा कार्यालय ठेगाना
१ त्रिपुरेश्वर , काठमाण्डौं
२  महाराजगंज, काठमाण्डौं
३  सामाखुसी, काठमाण्डौं
४  नयाँबानेश्वर, काठमाण्डौं
५ पुल्चोक, ललितपुर
६ कर्पोरेट कार्यालय थापाथली, काठमाण्डौं
७ ठमेल, काठमाण्डौं
८ न्युरोड, बिशालबजार, काठमाण्डौं
९ न्युरोड,खिचापोखरी, काठमाण्डौं
१०  कमलादी, काठमाण्डौं
११  नारायणगढ, चितवन
१२  वीरगंज, पर्सा
१३ पोखरा महेन्द्रपुल, कास्की
१४ धरान, सुनसरी
१५  बिराटनगर मेनरोड, मोरङ्ग
१६  इटहरी, सुनसरी
१७  बुटवल, रुपन्देही
१८ दमक, झापा
१९  बिर्तामोड, झापा
२०  नेपालगञ्ज, बाँके

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *