प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा

पोखरा , असार १८ । प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो ।

प्रदेशको नाम भने तोकिएको छैन ।अब आगामी बैठकमा प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *