सिद्धान्तको आधारमा विभाजित राप्रपा मिल्न थालेको हाे,पूर्वराजाको कारणले होइन -कमल थापा

बुटवल, असार १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सिद्धान्तको आधारमा विभाजित राप्रपा मिल्न थालेको बताएका छन् ।

बुटवलमा पत्रकारहरुसंग बोल्दै उनले पार्टी एकीकरण अन्तिम चरणमा पुगेको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पटकपटक भेटघाट भएपनि पार्टी एकिकरणको बारेमा छलफल नभएको समेत बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले विभाजित राप्रपालाई मिलाई दिन थालेको भन्ने कुरा सत्य नभएको बताउदै उनले निर्बाचनमा पार्टीको पराजय हुनु र मुलुकमा एकदलिय सर्बसत्ताबाद बढ्दै गएपछि पार्टी एक हुन लागेको बताए ।

उनले भने, ‘सरकारको बारेमा ठोस निश्कर्ष निकाल्नु उपयुक्त बेला त होइन । तर ५ महिनाको गतिबिधि हेर्दा जनतामा केहि आशा र जनतामा बढि आशंकाको स्थीति देखापरेको छ ।’

थापाले भने — ‘दुई तिहाइको बहुमतको कारण एकातर्फ स्थिरता,आर्थिक बिकास र समृद्धिको आशा छ तर अर्कोतर्फ सत्तारुढ दलका कारण कहिकतै एकदलीय सर्बसत्तााबादको आशंका पनि देखिन्छ ।’

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका थापाले अहिलेको अवस्थामा दलहरुबिच एकता र सहकार्य गरेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *