काठमाडौँको नारायणहिटीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार १८ । मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले जानकारी दिए ।
बा७१प ७८४३ नंको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा तामाङ गम्भीर घाइते भएका थिए । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएकोे हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








