प्रशासनले डा.केसीलाई अस्पतालमा बस्न दिएन

जुम्ला,असार १७ । शनिवार दिउसो तिन बजे देखि प्रहरी हिराशतमै अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रदै गएको छ । प्रहरीले पक्राउ गरि जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा राखि स्वास्थ्य अवस्था हेर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा दिएको थियो ।

प्रतिष्ठानले डा.केसीको उपचारका लागि डा.प्रविण गिरीको संयोजकत्वमा तीन जना डाक्टरलाई खटाएको छ । उजाड हलमा वन्दी सरह राखिएका डा.केसीको उपचार कवर्ड हलमा सम्भव नभएको उपचारका लागि खटिएका डा.प्रविण गिरीले वताए ।

‘यस्तो फोहोर ठाउँमा उपचार गर्न सकिदैन, हलभित्र दिसा र पिसावको मात्रै गन्थ आइरहेको छ ’ उनले भने, ‘वत्तिको व्यवस्था छैन, फोहोर भएको ठाउँमा उपचार गर्न सकिदैन अस्पतालमा लिएमा मात्रै उनको उपचार हुन्छ । प्रशासनले अस्पताल लिन दिएको छैन’

प्रहरीको हिराशतबाटै अनशनको घोषणा गरेपछि डा.केसीलाई डिएसपी दाहाल आफैले सुरक्षाको घेराभित्रै कवर्ड हलमा ल्याएर राखेपनि उनि आइतवार दिनभर सम्पर्कमा आएका छैनन् ।

डा.केसीलाई कवर्ड हलमा प्रहरीको घेराभित्र राखिएको छ । डिएसपी दाहाल आइतवार दिनभर कवर्ड हलमा गएका छैनन् अहिले उनले मोवाइल स्वीचअफ गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *