सदन छोडेर जान चाहन्नौँ, सडकमा गएर रेलिङ भाँच्न लोकतन्त्रले सिकाएन– काँग्रेस सांसद भुसाल

काठमाडौं, असार १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक तथा सांसद पुष्पा भुसालले कानुन मन्त्रीको भनाईप्रति आपत्ति जनाएकी छिन् ।

कानूनमन्त्री शेरबहादुर तामाङले शनिबार एक कार्यक्रममा कांग्रेसले अंश खोजेको भन्दै सरकारमा आउन आहृवान गरेका थिए । उक्त आरोपप्रति आक्रोसित हुँदै कांग्रेस सांसद पुष्पा भुसालले कानुनमन्त्रीको भनाईप्रति आपत्ति जनाउँदै सरकारलाई प्रतिपक्षीको अवाश्यकता पर्ला कि नपर्ला ? भनी प्रश्न गरिन्।

सरकारको यस्तो रबैयाले संविधान कार्यन्वयनप्रति शंका उत्पन्न भएको उनको भनाई थियो ।

‘नेपाली कांग्रेस संसदलाई बलियो बनाउन चाहन्छ । प्रमुख प्रतिपक्षीको दलको रुपमा आफ्नो प्रभावकारी भुमिका खेल्न चाहान्छ,’ कांग्रेस सचेतकसमेत रहेककी भुसालले भनिन्,‘यही सदनमा बसेर हामी जनताको आवाज उठाउन चाहान्छौं। हामी यो सदनलाई छोडेर बाहिर पनि जान चाहान्नौं। हामी यो सदन छोडेर बाहिर तिर सडकमा गएर रेलिङ भाँच्न पनि हामी चाहन्नौं। किनभने हाम्रो लोकतन्त्रले हामीलाई त्यो सिकाएन ।’

कानुन मन्त्रीको भनाइप्रति भुसालले स्पष्टिकरण समेत माग गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *