रुसको घरेलु भूमिमा होला त स्पेनको चमत्कार ? यस्तो छ इतिहास:

काठमाडौँ, असार १७ । युरो कपमा ईटालीसंग हारेयता सन् २०१० को विश्व विजेता स्पेन अपराजित छ । तर, शीर्ष तहमा स्पेन अझै बलियोसंग उभिन सकेको छैन् । रुससंगको खेलमा उसले गति समात्ने अपेक्षा छ । पक्कैपनि स्पेनले अन्तिम १६ को खेलमा भिड्दै गर्दा घरेलु टोलीमाथी हावि हुने प्रयास गर्नेछ ।

हालैको तथ्याङ हेरौ, स्पेनले अहिलेसम्म २ हजार २ सय ९४ पासको प्रयास गरेको छ, समुह चरणमा उसका २ हजार ८९ पास सफल भएका छन् । जो अरु कुनैपनि टोली भन्दा ३ सयले बढी हो ।

उसले उसले ४१ सट प्रहार गरेको छ, जो विपक्षी भन्दा १५ ले बढी छ । जसले गोलका ४२ अवसर सिर्जना गरेको छ, विपक्षी रुस भन्दा त्यो २४ ले बढी हो ।

घरेलु टोली रुस प्रतियोगिताको वरियतामा तल्लो स्थान छ । तर उसले समुह चरणमा ८ गोल गरेको छ । पक्कैपनि घरेलु प्रसंशकको साथ पाएको रुसले खेललाई कुनैपनि समय मोड्न सक्छ ।

कमजोर प्रर्दशनका बाबजुत स्पेनले गोलकिपर डेभिड डी जियालाई विश्वास गर्नेछ । मार्को एसेन्सियोले डेभिड सिल्भालाई प्रतिस्थापन गर्दै आक्रमणको जिम्मेवारी लिनेछन् । सर्जियो बुस्केटको बिषयमा स्पेनले जोखिमपुर्ण निर्णय लिनुपर्नेछ ।

रुसका स्मोलनिकोभले उरुग्वेविरुद्ध पाएको रातो कार्डका कारण आजको खेल गुमाउनेछन् । मारियो फर्नान्डेस राईट ब्याकमा देखिनेछन् ।

स्पेनका डिफेन्डर ड्यानी कार्भाजेल खेललाई जिवन र मरणको रुपमा ब्याख्या गर्छन् । ‘हामी बराबरीकालागि खेल्ने छैनौ । कि जित्नपर्छ कि घर फर्कन पर्छ ।’ उनी भन्छन् ।

‘मलाई लाग्छ यो खेल पक्कैपनि फरक हुनेछ । यसमा हामीले आफ्नो उत्कृष्ट गतिलाई यसै खेलमार्फत समाउने छौ ।’ उनले थपे ।

रुसी प्रशिक्षक स्टानिस्लाभ चर्सेसोभ स्पेनले खेल्ने उत्कृष्ट फुटबलमा आफुलाई कुनै शंका नरहेको बताए । ‘जितको उपाय खोज्न पक्कैपनि कठिन हुनेछ । तर हामी कोशिश गर्नेछौ ।’ उनले भने ।

सोभियत संघको विभाजनसंगै रुसले अहिलेसम्म स्पेनलाई पराजित गर्न सकेको छेन । गत नोभेम्बरमा खेलिएको मैत्रिपुर्ण फुटबल खेलमा रुस र स्पेनले ३–३ गोलको बराबरी खेलेका थिए ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *