मेयर स्कूल ओलम्पिकमा सहभागी हिमाली मावि कार्वाहीमा

धरान, माघ २८ । विद्यालय स्तरीय मेयर स्कूल ओलम्पिक २०७४ मा नियम विपरित खेलाडी सहभागि गराउने धरान ५ को हिमाली मावि देउराली कार्वाहीमा परेको छ ।

माघ २२ गतेदेखि धरान १७ स्थित एन्फा एकेडेमीमा जारी फुटबल प्रतियोगितामा नियम उलंघन गर्दै खेलाडी सहभागि गराएको सो विद्यालयलाई कार्वाही गरिएको धरान उपमहानगरका नगर खेलकुद विकास समितीका संयोजक सुवास राईले जानकारी दिए ।

उनका अनुसार हिमाली माविले नियम मिचेर ३ जना खेलाडी बाहिरका सहभागि गराएको थियो । राईले भने, “ मेयर स्कुल ओलम्पिकमा कक्षा १० सम्मका विद्यार्थीलाई सहभागि गराउनु पर्ने हो तर त्यस विद्यालयले ३ जना खेलाडी बाहिरको सहभागी गराएकोले ओलम्पिकबाट निस्काशन गरियो ।

शुक्रवार भएको पहिलो चरणको खेलमा हिमालीले पव्लिक मावि धरानलाई २–१ को गोल अन्तरले हराएको थियो ।

ओलम्पिक सम्पन्न भएपछि हिमाली माविलाई ३ वर्ष सम्म निलम्वन गर्ने तयारी गरिएको छ । ओलम्पिकको नियम उलंघन गर्ने विद्यालयलाई ११ हजार जरिवाना सहित ३ वर्ष सम्म कुनै पनि खेलमा सहभागि नगराउने व्यवस्था नगर खेलकुद विकास समितीले धरानका विद्यालयहरुसँग समन्वय गरेर वनाएको छ । धरानको खेलकुदको प्रवद्र्धन गर्न धरानका विद्यालयबीच मेयर स्कुल ओलम्पिक भैरहेको छ ।

ओलम्पिको उद्घाटन माघ २९ गते धरान १६ स्थित रंगशालामा हुदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =