अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा

चितवन, भदौ १५ । नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा आएको छ । बिहीबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि अपराह्न ४ बजेदेखि सन्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

पहिरोका कारण चारकिलोमा ५० मिटर सडक बगेपछि भित्तापट्टी ढलको क्षेत्रलाई सम्माएर दुईतर्फी सडक सन्चालनमा ल्याइएको उनले बताए । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमा सडक बगाएको हो ।

सो सडकको पाँच ठाउँमा पहिरो खसेको थियो । जलवीरेमा दुई, कालिखोला, चारकिलो र पाँच किलोमा एक/एक स्थानमा पहिरो खसेको थियो । साउन अन्तिम साताबाट पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिदै आएको छ ।

जसका कारण बुधबार साँझबाट सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =