सर्पको डसाइबाट मजदूरको मृत्यु, सुक्खा बन्दरगाहको काम प्रभावित

असार ५, पर्सा । भारतीय रेल सञ्जालसँग जोडिएको मुलुककै एक मात्र वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको काम कारबाही ठप्प भएको छ । विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदूरका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वार नै अवरुद्ध गरेपछि गए राति १० बजेदेखि काम कारबाही ठप्प भएको हो ।

बन्दरगाहको लोडिङ अनलोडिङ यार्डमा काम गर्ने मजदूर वीरगञ्ज उपमहानगरपालिका–१८ का ३५ वर्षीय राजकिशोर साहको आइतवार राति विषालु सर्पको डसाइबाट मृत्यु भएको थियो । शौच गर्न गएको बेला विषालु सर्पले टोक्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख ऋषिकुमार ढुङ्गानाले जानकारी दिए ।

मृतक साहका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वारमा नै शव राखेर प्रदर्शन गरिराखेको त्यहाँबाट हुने मालवस्तुको ढुवानी कार्य अवरुद्ध भएको सुक्खा बन्दगाह सञ्चालक कम्पनी हिमालियन ट्रमिनल्सले बताएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =