युएई विरुद्धको खेलका लागि दोस्रो चरणमा २० खेलाडी छनोट

मङ्सिर ६, काठमाडौँ । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध हुने अन्तिम चरणको दुई खेलका लागि दोस्रो चरणमा २० खेलाडी छनोट गरिएको छ ।प्रारम्भिक चरणमा क्याम्प बोलाइएका २८ खेलाडीबाट दोस्रो चरणमा २० खेलाडी छानिएको नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी विज्ञप्ति मार्फत जानकारी दिए ।

नेपाली टाेलिमा यु-१९ टिमका अनिल कुमार शाहले समेत स्थान बनाएका छन् । मलेसियामा भएको यु-१९ एसिया कपमा गरेको प्रदर्शनका आधारमा उनी प्रारम्भिक टोलीमा चयन भएका थिए ।

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको हो । यस्तै, २० सदस्यीय टोलीमा सिद्धान्त लोहनी, दिलीप नाथ, हसिम अन्सारी, जितेन्द्र मुखिया, कुशल भुर्तेल लगायतका खेलाडी परेका छन् । प्रारम्भिक सूचीमा रहेका सौरभ खनाल, सुसन भारी, मेहबुब आलम, सुनिल धमला, अनिल मण्डल भने २० सदस्यीय टोलीमा अटाएनन् ।

डब्लुसिएलको सातौँ चरणको खेलमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा अबुधावीको शेख जायेद रङ्गशालामा खेल हुनेछ ।

दोस्रो चरणमा छानिएङ्का २० खेलाडी

  • पारस खड्का (कप्तान)
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषवाकर
  • वसन्त रेग्मी
  • सोमपाल कामी
  • विनोद भण्डारी
  • सागर पुन
  • करण केसी
  • दीपेन्द्रसिंह ऐरी
  • सन्दीप लामिछाने
  • ललितसिंह भण्डारी
  • आरिफ शेख
  • सुशील कँडेल
  • शक्ति गौचन
  • जितेन्द्र मुखिया
  • दिलीप नाथ
  • कुशल भुर्तेल
  • अनिल कुमार शाह
  • हसिम अन्सारी
  • सिद्धान्त लोहनी
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =