यी खानेकुराहरु महिनावारीको समयमा भूलेर पनि नखानुस्

महिनावारीको गडवडी र महिनावारीको समयमा हुने अस्वस्थ्ता महिलाहरुको प्रमुख समस्या हो । तर धेरै महिलाहरुलाई थाहा नहुन सक्छ कि महिनावारीको अनियमितता , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा हामीले खाने खानेकुराको पनि भूमिका हुन्छ । त्यसैले महिनावारीको समयमा तपाइको शरिरलाई हानी गर्ने यी खानेकुराबाट जोगिनुस र हरेक महिना झेल्दै आउनु भएको समस्याबाट केही मात्रामा भएपनि पार पाउनुहोस । त्यसका लागि यी खानेकुराहरु महिनावारीको समयमा भूलेर पनि नखानुस ।

१.कफी : महिनावारी नियमित नहुने समस्या छ भने कफि नपिउनु राम्रो हुन्छ । कफिले महिनावारीको नियमित चक्रमा प्रभाव पार्छ । कफिमा पाइने क्याफिन यसको कारक तत्व हो ।
२. बोसो युक्त मासुहरु : महिनावारीको समयमा पोल्ने, चिडचिडापन महसुस हुने समस्या छ भने मासु खाँदै नखानु राम्रो हुन्छ । मासु खानै पर्ने अवस्थामा कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु उपयुक्त हुन्छ ।
३. प्याकिङ गरिएका खानेकुरा : महिनावारी भएको समयमा बजारमा पाइने प्याकिङ गरिएका खानेकुरा जस्तै केक, पाउरोटी, क्रिम रोल आदि नखादा स्वास्थ्यलाई फाइदा पुग्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र बढी भएको रोटि खाने गर्नु उत्तम हुन्छ ।
५.आइसक्रिम : क्रिम र चिज डेरी उत्पादन सबैलाई मन पर्छ । मन पर्ने कुरा छोड्ने चाहना कसलाई हुन्छ र आइसक्रिम, क्रिम र चिज जस्ता डेरी उत्पादनमा हुने चिल्लो पदार्थ महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो हुन्छ । अधिक मात्रामा चिनी पाइने खानेकुरा फाइदाजनक नहुन सक्छन ।








