पोखरामा बसको ठक्करबाट भण्डारीको मृत्यु भएपछि…

कार्तिक २४, पोखरा । पोखराको लामाचौरमा नगरबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि आक्रोशित बनेका स्थाानियले सडक बन्द गरेर प्रदर्शन गरेका छन् । बगरबाट लामाचौर तर्फ गइरहेको इलेक्ट्रीकल मोटरसाईकालमा सवार राम भण्डारीलाई बिहीबार राती बसले ठक्कर दिएको थियो । उनको घट्नास्थलमै मृत्यु भएको थियो ।

बगरबाट लामाचौरतर्फ जादै गरेको ग १ ख ६४५४ नम्बरको नगरबसले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ लामाचौरमा एक पैदल यात्रु भण्डारीलाई ठक्कर दिई मारेपछि स्थानीय एवं आफन्तहरुले बिहानै देखि त्यस क्षेत्रमा चक्काजाम र धर्ना दिएका हुन् ।

पोखरा लेखनाथ महानगरपालिका १९ का राम भण्डारीको बगबाट इलेक्ट्रक मोटरसााईकलमा लामाचौर तर्फ गैरहेको बेला बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्कुटरसहित बसमुनि परेका भण्डारीको टाउकोमा ठक्कर लागेको स्थानीयले बताएका छन् । प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । बसले किचेर भण्डारीको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले लामाचौरचोकमा शुक्रवार टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =