“””नेक्स्ट मोडल इन्डिया २०१८”” को उपाधी नेपाली मोडल रक्षालाई”

काठमाडौं, असार १५ । भारतमा सञ्चालित नेक्स्ट मोडल इन्डिया २०१८ को उपाधी नेपाली मोडललाई प्राप्त भएको छ । गत जुन ३ मा भारतको बेङलोरमा सम्पन्न प्रतियोगितामा झापा गौरादहकी रक्षा देउजाले सयौं प्रतिष्पर्धीलाई उछिन्दै नेक्स्ट मोडल इन्डिया २०१८ को उपाधी हात पारेकी हुन् ।

भारतको बेङलोर स्थित आचार्य वि स्कूलमा विविए अध्ययनरत रक्षाले मिस नेक्स्ट मोडल इन्डिया २०१८ को उपाधीसँगै मिस फोटोजेनिकको उपाधी समेत हात पारेकी छिन् ।

एनएमआइ प्रिजेन्टस रहेको नेक्स्ट मोडल इन्डिया २०१८ मा पुरुष मोडल तर्फ केरलाका युवा कृष्ण नेक्स्ट मोडल इन्डिया २०१८ भएका थिए ।

प्रतियोगितामा भारतका तनुषा पाँचल र कमर कुमार फस्ट रनरअप भएका थिए । भने, नेहा अन्जुम र सिदार्थ एइस सेकेण्ड रनरअप भएका थिए ।

भारतका जम्मु कस्मीर, बेङलोर, अमृतसर, चण्डीगढ, दिल्ली तथा मुम्बईमा अडिसन गरीएको इभेण्टमा सयौं युवायुवतीहरुले भाग लिएको आयोजक नेक्स्ट मोडल इन्डिया २०१८ ले जानकारी दिएको छ ।

सो प्रतियोगितामा दक्षिण भारतीय कलाकार सञ्जना गर्लानी ब्राण्ड एम्वेष्डर थिइन् । भने, प्रमुख जुरीमा बलिउड कलाकार कइनात अरोरा रहेकी थिइन् । अन्य जुरीमा मिसेस इण्डिया ब्यूटी क्विन गायत्री सन्दीप, एसिया प्यासिफिक मोडल मोहित शर्मा, फेसन डिजाइनर रियाज पासज, विना जैन लगायत रहेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *