टक्स माउण्टेन बाईको आयोजनामा प्रदेश स्तरीय साइकल प्रतियोगिता हुने

माघ १९,धरान,सुनसरी । साइकल यातायातको साधन मात्र नभई विश्वमा साहसिक खेलको रूपमा समेत परिचित गराउने उदेश्यले सुसनरीको धरानमा धरान क्रसकन्ट्री साइकल प्रतियोगिता हुने भएको छ ।

शुक्रवार धरान १० स्थित होटेल ड्रिम ल्याण्डका पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आउँदो माघ २७ गते गराउन लागेको आयोजक टस्क माउण्टेन वाईकका प्रमुख कृष्ण केसीले जानकारी दिनुभएको छ ।


केसीले वातावरण संरक्षणका लागि साइकल चढ्ने अभियानलाई जोड दिइनुका साथै जलवायु परिवर्तनका कारण नेपाल लगायत पर्वतीय मुलुकहरूले ठुलो पीडा व्यहोरीरहेको बताउँदै हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित देशहरूलाई सचेत गराएकालागि पनि यस्ता प्रकारको प्रतियोगिता हुनु जरुरी रहेको बताए ।

नेपालको कुना कन्दरामा पुगेर प्राकृतिक सुन्दरताको अवलोकन गर्न साइकल एउटा निर्बिककल्प माध्ययम बन्दै गएको समेत केसीले बताए ।

नेपाल प्राबिधि सङ्घको प्राविधिक सहकार्यमा सम्पन्न हुन लागेको प्रतियोगिताको रेस रुट भने धरान १४ बिजयपुर स्कुलको प्रङगनबाट सुरु भई झोलुङगे पुल,साउती खोला तरेर बसन्तटार, निराजन बस्ती,पुरानो बजार सिंहदेवी,बुढासुब्बा मंदिरको दक्षिण तर्फबाट पुन विजय विद्यालयको खेल मैदान रहनेछ ।

प्रतियोगिताका १२ वर्षदेखि ६० वर्ष मुनिका करिब ४० जना वाईकर्सहरुको सहभागिता रहने छ भने प्रतियोीतामा प्रथम हुनेलाई नगद ८ हजार बराबरको सपिङ भौचर मोडल तथा प्रमाणपत्र,दोस्रोलाई ६ हजार बराबरको सपिङ भौचर मोडल तथा प्रमाणपत्र, र तेस्रोलाई ४ हजार बराबरको सपिङ भौचर मोडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रमको उद्धघाटन विश्व साइकल यात्री पुष्कर शाहको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =