कम्युनिष्ट र नेपाली काँग्रेससँग राप्रपाको तालमेल हुनै सक्दैन–कमल थापा

झापा, असार १५ । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि पार्टीले जनसंघर्षको तयारी गरिरहेको बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन प्रदेश नं. ५ द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि आगामी फागुन ७ गतेदेखि निर्णायक जनसंघर्ष सुरु गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै थापाले भने, ‘हिन्दूराष्ट्र चाहने र हिन्दूराष्ट्रको पहिचानलाई समाप्त गर्ने कार्यमा सघाउ पुर्याउने दोहोरो चरित्र एवं मापदण्ड अत्यन्तै घातक हुन्छ ।’

वर्तमान सरकार दुई तिहाईको दम्भमा देशमा एकदलीय सर्वसत्ताबाद कायम भए प्रजातन्त्र कमजोर हुने आशंका पैदा भैरहेको उनको भनाइ थियो । अध्यक्ष थापाले हिन्दू राष्ट्र चाहने र नचाहने बीच अब प्रष्ट ध्रुवीकरण जरुरी भएको बताए ।

साथै उनले कम्युनिष्ट र नेपाली काँग्रेससंग राप्रपाको एकताको कुनै सम्भावना नरहेको पनि बताए । राप्रपा नेपाल फरक किसिमको पाटी भएको हुनाले कम्युनिष्ट र नेपाली काँग्रेससंगको तालमेल कुनै हालतमा हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *