सानिमा लाईफ इन्स्योरेन्स र मेडिकेयरबीच नगद रहिद स्वास्थ्योपचार सम्झौता

“
काठमाडौँ, असार १५ । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर लि.संग सम्झौता भएको छ ।
सम्झौता पश्चात् जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण नेपाल मेडिकेयर हस्पिटल एण्ड रिर्सच ले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन वीमा कम्पनीले गर्नेछ ।
मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर चावहिलमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट प्रशासनिक प्रवन्धक हरिभक्त सिग्देल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सीले हस्ताक्षर गरे ।
उक्त अवसरमा कम्पनीका बरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ र प्रबन्धक श्री उषा खतिवडा समेतको उपस्थिति थियो ।
सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरु र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने सम्झौता भएको हो ।
मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टरका प्रशासनिक प्रवन्धक हरिभक्त सिग्देलले, सानिमा लाईफ इन्स्योरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । आफ्ना ग्राहकहरु र कर्मचारीहरुको स्वास्थ्यको लागि विभिन्न योजनाहरु ल्याउनुका साथै अस्पताल सँग निरन्तर सहकार्य गर्ने अपेक्षा रहेको नायव महाप्रबन्धक केशव राज के.सीले बताएका छन् ।
“








